शैक्षिक तालिम केन्द्र नुवाकोट राजधानी काठमाडौबाट करिब ७० किमि उत्तर पशिचम स्थित विदुर नगरपालिका ११, त्रिशूली नदी छेउमा अवस्थित छ । शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र मातहत यस तालिम केन्द्र रहेको छ । नेपालमा शिक्षाको विकास गर्ने सिलसिलामा प्रथमत दक्ष शिक्षक तयार पार्ने लक्ष्यका साथ यो सस्थाको स्थापना गरिएको हो ।

विज्ञान शिक्षा विकास एकाइको रुपमा वि.सं. २०४४ सालमा स्थापित भई  माध्यमिक शिक्षा विकास एकाइ हुदै हाल शैक्षिक तालिम केन्द्र नुवाकोटका रुपमा यो सञ्चालित छ । धादिङ , सिन्धुपाल्चेक, नुवाकोट र रसुवा जिल्लासहित सेवा क्षेत्र हुदै  हाल यसको सेवा क्षेत्र नुवाकोट र रसुवामा सिमित भएको छ । यो शिक्षा क्षेत्रमा कार्यरत जनशक्ति, विशेष गरी विद्यालय तहमा कार्यरत शिक्षकहरु तथा सरोकारवालाहरुको क्षमता विकासमा क्रियाशील छ । माध्यमिक शिक्षा विकास कार्यक्रम, शिक्षक शिक्षा परियोजना, सबैका लागि शिक्षा कार्यक्रम सन् २००४-२००९ मा १० महिना अवधिको प्रमाणीकरण तालिम, प्रधानाध्यापकहरुको नेतृत्व विकाससम्बन्धी तालिम यसले सञ्चालन गरिसकेको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रम वि.सं.२०६६–२०७२ अवधिमा यसले शिक्षकको पेसागत विकास, प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास तालिम, अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने

बाँकी हेर्नुहोस् ...


नाम : द्वारिका प्रसाद पाण्डे

पद   : प्रशिक्षक

फाेन : +९७७-१०-५६०२३३

माेबाइल नं. : ९८५१२४८४३४ वा  ९८४१७२२७३६

इमेल : spokeperson@etcnuwakot.gov.np

बाँकी हेर्नुहोस् ....

Top